दफा १६५
हानि नोक्सानी पुर्याउन नहुने
कसैले सवारीमा रहेका चालक, परिचालक, सुरक्षाकर्मी, सवारीका अन्य कर्मचारी वा यात्रीलाई पिट्ने, सवारी रोक्ने, सवारी तोडफोड गर्ने वा अन्य कुनै किसिमले त्यस्तो सवारी वा सवारीमा रहेका मानिस वा मालसामानलाई कुनै हानि नोक्सानी पुर्याउने काम गर्न, गराउन हुँदैन ।